१२.५७ अङ्कले बढ्यो नेप्से

काठमाडौं। लगातार घटिरहेको शेयर बजार आज बिहीवार भने सामान्य बढेको छ । जेठको २५ गते ६० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से त्यसपछि कारोबार भएका पाँच दिनसम्म लगातार ओरालो लागेको थियो । नेप्से आज १२ दशमलव ५७ अङ्कले बढेर एक हजार नौ सय ७८ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज जीवन बीमा र लगानीबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २१ वटा कम्पनीको ३५ लाख ९४ कित्ता शेयर एक अर्ब १८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आँधीखोला लघुवित्त, सामुदायिक लघुवित्त र रिभर फिल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्स र राष्ट्र उत्थान लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us