काठमाडौं। नेपालले एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ। मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनायो।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन जोडिन्। उनले ३५ बलमा एक चौका प्रहार गरिन्। यता, कप्तान रुविना क्षेत्रीले २२ बलमा १ चौकासहित २१ रन जोडिन्। इन्दु बर्माले २६ बलमा एक चौकासहित २० रन जोडिन्।
डोली भट्ट ५, सीता मगर ४, ममता चौधरी ३ र विन्दु रावल १ रनमा आउट भइन्। अश्मिना कर्माचार्य र ज्योति पाण्डेले भने खाता खोल्न सकिनन्। कविता कुँवर १ रनमा अविजित रहिन्। भुटानकी सोनम पाल्डोनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिइन्।