जापानमा बुधबार गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । 

भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

भूकम्पले पुयाएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन् ।

भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us