छात्रालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं। कक्षा तीनमा अध्ययनरत छात्रालाई विद्यालय समयमै यौनजन्य अस्वाभाविक कार्य (यौन दुर्व्यवहार) गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् ।

रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० माधवराज खरेलले जानकारी दिए । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्रेर अनुसन्धान गरिरहेको डिएसपी खरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us