वामदेव गौतमले कम्युनिष्ट पार्टी एकताबद्ध गर्ने अभियान चलाउने

काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतमले कम्युनिष्ट पार्टी एकताबद्ध गर्ने अभियान चलाउने हुनुभएको छ। उहाँले राष्ट्रियसभाको बैठकमा बोल्दै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने अभियान केही समयमै घोषणा गर्ने बताउनु भयो। नेकपा विभाजनपछि उहाँ एमाले वा माओवादी दुवैतर्फ नलागी तटस्ठ भूमिकामा रहनु भएको छ।

उहाँले भन्नुभयो, ‘म कुनै पार्टीमा छैन। कम्युनिष्ट पार्टी एक हुनुपर्छ भन्नेमा छु, त्यसैले मैले कुनै नेताको बारेमा टीकाटिप्पणी गरेको छैन। हामीले ऐतिहासिक अवसर प्राप्त गरेका थियौँ। नेपाललाई समृद्ध समाजवादलाई पुर्‍याउने औजार नेकपा थियो। जनताले पनि विश्वास गरेका थिए। तर, पार्टीभित्रको समस्याले पार्टी विभाजित भएर तीन वटा टुक्रामा भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us