प्रधानसेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान

काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा लेबनान प्रस्थान गरेका छन् । उनी सात सदस्यीय टोलीसहित लेबनान प्रस्थान गरेका हुन् । नेपाली सेनाका अनुसार भ्रमणको क्रममा उनले शान्ति सैनिक रहेका मिसनको निरीक्षण तथा त्यहाँको वस्तुस्थिति बारेमा जानकारी लिनेछन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका थिए ।

भ्रमण सम्पन्न गरी रक्षा सचिवसहित सात सदस्यीय सहितको टोली असार १० गते स्वदेश फिर्ता हुने सेनाले जनाएको छ । उनले लेबनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । शर्मा लेबनान भ्रमणपछि असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा गएर १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

प्रधानसेनापति शर्मा द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन लेवनान भ्रमण गर्न लागेको जंगी अड्डाले जनाएको छ । शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनएनएफआइएल मिसन र त्यसपछि सिरिया स्थित युएनडिओएफको निरीक्षण भ्रमण गरी उक्त मिसनहरुको वस्तुस्थिती, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति शर्माले लेवनान, सिरिया, युनएनएफआइएल मिसन र युएनडिओएफ का उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनलाई आज लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्नेछन् । त्यसपछि लेवनानी सेनाको एक टुकडीद्वारा उनको सम्मानमा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us