दाङ । दाङकाे तुलसीपुरमा एक युवतीमाथि सामूहिक बलात्कारमा परेकी छन् । तुलसी उपमहानगरपालिका-५ न्युरोडकी २५ वर्षिया एक युवतीलाई तीनजना युवकले बिहिबार राति सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए । त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बलात्कृत युवती सुस्त मनस्थितीकी छन् । ती युवतीलाई ललाइफकाइ गरेर तुलसीपुर-९ दोघरेस्थित सशस्त्र प्रहरीको बेसक्याम्प नजिकै बन्दै गरेको घरमा बलात्कार गरिएको प्रहरी जानकारी दिएको छ । बलात्कार भएको स्थल सशस्त्र बेसक्याम्पबाट बढीमा तीनसय मिटरको दुरीमा छ ।