एक सुब्बाले कमाए चार वर्षमै ६ करोड २४ लाख

काठमाडौं । राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । भण्डारीविरुद्ध ६ करोड बढी कमाइ गरेको ठहरसहित अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले भण्डारी विरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको हो ।

२०७३ असोज २१ गते सार्वजनिक सेवामा प्रवेश गरेका उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए। आयोगका अनुसार भण्डारीले प्रथम श्रेणीअन्तर्गत वरिष्ठ व्यस्थापन सहायक पद सम्हालेको थिए। भण्डारीले झन्डै चार वर्ष सहायकको रूपमा काम गर्दा स्रोत नखुलेको ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ कमाएको देखिएपछि सो बराबर रकम भ्रष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पति जफत गर्न मागदाबीसहित मुद्दा दर्ता गरेको आयोगले जनाएको छ।

भण्डारीको खर्च तथा लगानी व्ययतर्फ जग्गा खरिद, विभिन्न बैंक र हाइड्रोपावर कम्पनीको शेयर खरिद र विभिन्न बैंकको मौज्दात सहित ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा खर्च तथा लगानी देखिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us