मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडाैं । सात महिला संघसंगठनले शनिबार गोदावरीमा मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र बाहिर विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।

ग्राण्ड फिनालि दिउँसो ३ बजेदेखि सुरु हुने भनिएपछि सात महिला संघसंगठनले आजै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘महिला माल होइन, मान्छे हो’ भन्दै मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गरेका छन् ।

वैज्ञानिक समाजवादी महिला संगठन,अखिल नेपाल महिला संघ ९क्रान्तिकारी०, अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, अखिल नेपाल महिला युनियन र अखिल नेपाल महिला संघले उक्त विरोध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us