आज काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९र८० को बजेट आउने छ ।

नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।अघिल्ला बैठकहरु लाइभ गर्दै आएको महानगरपालिकाले आजको बैठक भने लाइभ गरेन । बैठक अनौपचारिक भएकाले लाइभ नगरिएको मेयर साहको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *