सरकारले बीमा कार्यक्रम बापतको रकम उपलब्ध नगराएकाले त्रिवि शिक्षण अस्पतालमा बीमा कार्यक्रम स्थगन

काठमाडौं। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको रकम भुक्तानी नगरेपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले बीमा कार्यक्रम स्थगन गरेको छ। सरकारले २०७७ मंसीरदेखि बीमा कार्यक्रम बापतको रकम उपलब्ध नगराएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले असार ३ गते एक सूचना जारी गरी असार १५ गतेदेखि लागू हुने गरी बीमा कार्यक्रम अनिश्चितकालका लागि स्थगन गरिएको जनाएका छन्। सूचनामा उल्लेख छ‚ ‘मिति २०७९ असार १५ गतेदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *