काठमाडौं। आइतबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर छापावाल सुनका मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ कायम हुँदा तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा आइपुगेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय र चाँदीको मूल्य १२ सय ७५ रुपैयाँ थियो ।