अस्ट्रेलियामाथि श्रीलंकाकाे सानदार जित

एजेन्सी । ओपनर पाथुम निस्सानकाको उत्कृष्ट शतकमा घरेलु टोली श्रीलंकाले तेस्रो ओडीआई खेलमा अस्ट्रेलियामाथि सानदार जित हात पारेको छ । आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो । योसँगै ५ ओडीआई सिरिजमा श्रीलंकाले २(१ को अग्रता लिएको छ।

जितका लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४८।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। श्रीलंकाको जितमा ओपनर पाथुम निस्सानकाले सर्वाधिक १३७ रनको अविजित शतकीय इनिङ्स खेले। उनले १४७ बलमा ११ चौका र २ छक्का प्रहार गरे।

यो उनको ओडीआई करिअरको पहिलो शतक हो। यता, कुशल मेन्डिस ८५ बलमा ८ चौकासहित ८७ रनमा रिटायर्ट हर्ट भए। दोस्रो विकेटका लागि कुशल र पाथुमले १७० रनको सानदार शतकीय साझेदारी गरेका थिए । ओपनर निरोशन डिक्कवेला र धनन्जय डि सिल्भा २५/२५ रनमा आउट भए। चरिथ असलंका १३ रनमा अविजित रहे। अष्ट्रेलियाका झेय रिचर्ड्सनले सर्वाधिक २ विकेट लिए । जोश हेजलवुड र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए।

त्यसअघि आर प्रेमाडासा स्टेडियम कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो । अष्ट्रेलियाका ट्रविस हेडले सर्वाधिक ७० रनको अविजित इनिङ्स खेले। उनले ६५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान आरोन फिन्चले ८५ बलमा ४ चौका र १ छक्कासहित ६२ रन बनाए। एलेक्स केरीले ५२ बलान ३ चौका र १ छक्कासहित ४९ रन बनाए । रग्लेन म्याक्सवेल १८ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए। मार्नस लाबुसेन २९ रनमा आउट भए भने क्यामसन ग्रिन १५ रनमा अविजित रहे ।

श्रीलंका स्पिनर जेफ्री वान्डरसेले ३ विकेट लिए। पहिलो ओडीआई खेलमा अष्ट्रेलिया डकवर्थ लेविस पद्धतिको आधारमा २ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा २६ रनले पराजित भएको थियो। चौंथो खेल मंगलबार र पाँचौं तथा अन्तिम खेल शुक्रबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *