खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध

काठमाडौं । पहिरो खसेर सङ्खुवासभाको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ। लगातारको वर्षासँगै आएको पहिरोले भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको हो ।  मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। 

उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिनुभयो ।  सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। 

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिरोले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताउनुभयो । 

पहिरोले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ। पुल आसपासको भू–भाग कटान गरेपछि अरुण नदीको पुल जोखिममा परेको उहाँले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us