काठमाडौं। खोला तर्न खोज्दा पहिरोमापरी २ जना बेपत्ता भएका छन्।
कपिलवस्तुस्थित शिवराज नगरपालिका-१ पैरा खोलामा गाडीबाट ओर्लेर खोला तर्न खोज्दा पहिरो आएर बगाउँदा २ जना बेपत्ता भएको कपिलवस्तु प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा भारत बालरामपुर बस्ने १७ वर्षिय निखिल कौसल र सोही ठाउँका १८ वर्षिया सुरज सोनी रहेको प्रहरीले जनाएको छ।
यसैबीच सोही खोलाको बिचको उच्चभागमा १ जनाको शव फेला परेको र शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।