काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै नेकपा (एमाले)की सचिव एवम् सांसद पदमा अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गर्नु भएको हो ।
त्यसलगत्तै सभामुख अग्नीप्रसाद सापकोटाले त्यस सम्बन्धमा सत्यतथ्य सदनमा प्रस्तुत गर्न सरकारलाई रुलिङ गर्नुभयो। सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो ।
उहाँले सरकारले सो जवाफ नदिँदासम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताउनुभयो । त्यसलगत्तै एमाले सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए । सभामुख सापकोटाले सदनको ध्यानाकर्षण भएको भन्दै त्यसको सत्यतथ्यबारे सदनलाई जानकारी सरकारलाई रुलिङ गर्नु भएको थियो ।