काठमाडाैं । हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको महाशाखाकाे भनाइ छ ।
मंगलवार देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मंगलवार राती देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नदीहरूमा जलस्तर बढ्ने तथा पहाडी भेगमा पहिराेकाे सम्भावना भएकाले त्यसै अनुसार सतर्कता अपनाउन माैसमविदहरूले अनुराेध गरेका छन् ।