पंकजविक्रम नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित

काठमाडौं । पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । सोमवार सम्पन्न चुनावमा नेम्वाङले कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै अध्यक्षमा जीत हासिल गर्नुभएको हो । नेम्वाङले ४५ मत र शेर्पा ३९ मत पाउनुभएको छ । 

चार वर्ष अघि अध्यक्षका रूपमा शेर्पा पहिलो पटक एन्फामा चुनिँदा उहाँकै प्यानलबाट नेम्वाङ सर्वाधिक मतसहित उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । पछि कार्यसमितिले चार उपाध्यक्षमध्येबाट नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको थियो ।

लामो समय सहकार्य गरे पनि नेतृत्वमा पुगेपछि यी दुईबीचको सम्बन्ध चिसिन थाल्यो । एन्फा नेतृत्वमा पुगेको झण्डै डेढ वर्षपछि सुरु भएको दुईबीचको खटपटले पछिल्लो समय पूरा प्यानल नै बनाएर एक–अर्काविरुद्ध उत्रिने अवस्था सिर्जना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us