काठमाडौं । असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो ।
उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०ः२१ देखि १२ः०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज वर्षको सबैभन्दा लामो दिन हो । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १४ मिनेट मात्र हुनेछ । सूर्य दक्षिणायन शुरु हुने दिन हो । सूर्य कंकट राशिमा प्रवेश गर्दछ ।
आजको दिन शुभ मानिन्छ । आजबाट बर्षा ऋतु सुुरु भएको मानिन्छ । आज बिहान सूर्योदय ५ः०९ मा भएको छ भने सूर्यास्त ७ः०३ मा हुनेछ । आजका देवता चन्द्रमा ग्रहदेव केतु हुन् । कार्यायोजना सफल हुनेछ ।
मंगलबार समय मिलाएर गणेशको प्रार्थना, गणेश मन्दिर यात्रा र हनुमानको दर्शन, हनुमान चालिसा पाठ गर्दा मनमा प्रसन्नता छाउने छ ।