काठमाडौं। एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप क्रिकेटमा नेपालले आज हङकङसँग किनरारा ओभल मैदानमा मध्यान्ह १२ बजेदेखि खेल्दै छ।
नेपाल लगातार चौथो जितका साथ सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहने छ । अहिलेसम्म ३ खेलमा जित निकालेको नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ भने सेमिफाइनलमा अपराजित रहँदै खेल्ने चाहनामा छ।
नेपालले तीन खेलबाट ६ अंक जोडेको छ भने हङकङले भने दुई खेलबाट ४ अंक मात्रै जोडेको छ । नेपाल र हङकङबीच अहिलेसम्म दुई पटक प्रतिस्पर्धा हुँदा दुवै टिमले एक/एक खेल जितेका छन् ।