काठमाडौं। राजनीति गर्न भनेर पत्रकारिता छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन्। मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् ।
आफ्नो उम्मेदवारी घोषणा गर्न राष्ट्रिय सभामृहमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हसन्। रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् ।