काठमाडौं । महानगरीय ट्राफिक प्रहरी माहाशाखाले फागु पूर्णिमाको अवसरमा कडाइका साथ ट्राफिक चेकिङ गरेको थियो । १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर महाशाखाले कडाइ गरेको हो ।
ट्राफिक व्यवस्थापनको योजना बनाएर जनशक्ति परिचालन गरिएको महाशाखाले जनाएको छ । महाशाखाले उपत्यकाका विभिन्न ६८ स्थानहरूमा चेक प्वाइन्ट राखेर बिहानै देखि कडाइ गरेको थियो ।
‘बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने १०६ जनालाई कारबाही गरेको छ,’ एसएसपी जोशीले भने, ‘बिनाहेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकहरुलाई कारबाही र होल्ड गरिएको छ ।’
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले रङ्गहरूको पर्वमा होहल्ला गरी सवारी चलाउने, नसालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भएकाले चेकिङ्लाई कडा पारिएको बताए । ट्राफिक व्यवस्थापन कडा गरिएकाले काठमाडौंमा कुनै अप्रिय घटना नभएको उनको भनाइ छ ।