अखिल नेपाल फुटबल संघको नयाँ नेतृत्वले आज सपथ र पदभार ग्रहण गर्दै

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वले आज सपथ र पदभार ग्रहण गर्दैछ । सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्वाङ निर्वाचित भएका थिए । उनले निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गरेका थिए ।

नव निर्वाचित कार्य समितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले सपथ गराउने छन् । एन्फा कार्य समितिमा २३ जना हुने प्रावधान छ । २१ जनाका लागि भएको निर्वाचनमा १९ जना निर्वाचित भएका छन् । सदस्य ४ जनाको मत बराबर आएपछि अरु २ जनाको टुंगो बिशेष साधारणसभाले लगाउने छ । महासचिव र कोषाध्यक्ष वर्तमान कार्यसमितिले मनोनित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us