काठमाडौं। काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गएराति ९ बजे शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको हो। प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो।
टिपरले ठक्कर दिएपछि चालक फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१४ का सुमन लामा पक्राउ परेका छन्। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ। पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा राखिएको छ।