काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि फोहोरको वर्गीकरण अनिवार्य गरेको छ ।
महानगरपालिकाले विहीवार गोरखापत्रमा सूचना प्रकाशित गरि साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको हो ।
कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएको महानगरपालिकाले प्रष्ट पारेको छ । साउन १ देखि कुहिने र नकुहिने फोहोरका लागि बेग्लाबेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले जनाएको छ।
घरमा नै फोहोर कुहिने र नकुहिने नछुट्याए त्यस्ता फोहोर नउठाउने पनि महानगरले बताएको छ। कुहिने र नकुहिने फोहोर एकै ठाउँमा राखेमा प्रत्येक पटक पाँच सयका दरले जरिवाना हुने पनि महानगरको वातावरण तथा कृषि विभागले जानकारी दिएको छ।