काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले बढेर ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ८०० रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले घटेकाे छ । एक हजार २५० रूपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।