महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दै

काठमाडौं । एसिसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले यूएईसँग खेल्दैछ ।

खेल मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा शुक्रबार बिहान साढे १० बजे सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली एसिय कपमा पनि छनोट हुन्छ । त्यसैले दुवै टोलीलाई जित निकाल्नैपर्ने दबाब छ ।

समूह ‘बी’ मा रहेको नेपालले चार खेलबाट ६ अंक जोडेको छ । यता, यूएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

जारी प्रतियोगितामा यूएई लयमा देखिएको छ । समूह ‘ए’ मा यूएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो ।

दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us