तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९६ हजार सात सय कायम भएको छ।

आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यको तुलनामा १० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी तोलाको एक हजार २४० रुपैयाँ निर्धारण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us