शुक्रवार १३.७८ अङ्कले बढ्यो नेप्से

काठमाडौं। शुक्रबार दुई घण्टाको लागि खुलेको बजार शुरुमा ४० अंकले घटे पनि दोश्रो घण्टामा नाटकीय सुधार भएर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको हो ।

शुक्रवार १३.७८ अङ्कले बढेर नेप्से १८६२.०६ विन्दुमा पुगेको छ । २२३ कम्पनीको ३५ लाख ४१ हजार कित्ता शेयर २२ हजार ८७४ पटक कारोबार हुँदा कुल कारोबार रकम भने १ अर्ब १५ करोड १२ लाख भएको छ ।

कारोबारमा आएका १३ उपसमुहमध्ये म्युचअल फन्ड बाहेक सबै उपसमूहमा हरियाली छ ।ङ्यादी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा आँधिखोला लघुवित्त रह्यो । यो कम्पनीको शेयरमूल्य ७।८८ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us