काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भइसकेपछि सरकारबाट फिर्ता हुने बताउनुभएकाे छ।
आलोकनगरस्थित केन्द्रीय कार्यालयमा जारी पोलिटब्युरो बैठकमा सहभागि हुनु भएका खतिवडाले बैठकपछि पत्रकारहरुसँग कुरा गर्ने क्रममा पार्टीको निर्णय कार्यान्वयन गरिने बताउनुभएकाे हाे।
उहाँले पार्टीले फिर्ता बोलाउने निर्णय गरेका चार मन्त्रीले राष्ट्रियसभाबाट बजेट पास भएपछि सरकार छाड्ने जानकारी दिनुभयाे। ‘हामीबीच कुनै समस्या छैन। हामी मन्त्री पद छाड्न तयार छौँ’,पार्टीको निर्णय नमान्ने कुरै छैन। कुनै
भाँडभैलो भएको छैन। हामीले मन्त्री छाड्न तयार छौँ भनेका छौं ।’ मन्त्री खतिवडाले भन्नुभयाे ।