मेलम्चीमा पुन बाढीको सम्भावना

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आएको छ । गए राति आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । ह्युमपाइप हालेर बनाएको अस्थायी पुल बाढीले बगाइदिएपछि सडक बन्द भएको छ । गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो । यसबाट  ६ वडाका नागरिक प्रभावित भएका छन् ।

बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे बाढी आएपछि घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु गाउँपालिका वडा नम्बर २ का प्रभा भण्डारीले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us