आजबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज शनिवार बस्दैछ।  बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा त्यसका सम्भावना, निर्वाचनमुखी कार्ययोजनाका विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापीरूपमा भएका साङ्गठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तक्र्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने ती बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना र रणनीति तयार गरिने छ ।

पार्टीको शुक्रवार बसेको पोलिटब्यूरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको छ। केन्द्रीय कमिटीमा छलफल गरिने राजनीतिक, आर्थिक, साङ्गठनिक प्रतिवेदनमा समेत छलफल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us