पार्टी एकता जोगाउन ओली प्रधानमन्त्री पद छोड्न तयार थिए: वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छोड्न तयार  भएको खुलासा गर्नुभएको छ । 

शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले पार्टी एकता जोगाउन ओलीले प्रधानमन्त्रीको पद छाड्ने अफर पुष्पकमल दाहाल समक्ष गरेको खुलासा गर्नुभएको हो । दुई नेताबीच भएको भेटको साक्षी आफू भएको बताउदै नेता गौतमले ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको दाबी गर्नुभयो । 

दुई अध्यक्षबीच भएको बैठकमा अध्यक्ष ओलीले पार्टी एकता जोगाउन आफू एउटा पद छाड्न तयार रहेको बताएको नेता गौतमको भनाइ छ । 

गौतमका अनुसार ओलीले यसका लागि आफूविरुद्ध लगाइएका सङ्गीन आरोप फिर्ता लिन दोस्रो माग अघि सार्नुभएको थियो । तर अध्यक्ष दाहालले आरोपहरू फिर्ता लिन नसक्ने जवाफ दिएको नेता गौतमले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us