पोखराका विभिन्न स्थानमा पहिरो र बाढीले बस्ती डुवानमा

पोखरा । पोखरामा ठाउँठाउँमा पहिरो र बाढीले बस्ती डुवानमा परेको छ ।  शनिवार बिहानै पोखरा २५ सुईखेतमा डेढसय घर डुवेको छ । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ ।

राति नै  १५० घरका चार सयजनाको उद्दार गरिएको कास्की प्रहरी प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।  

उनीहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ । मानवीय क्षति नभए पनि बाख्रासहितको टहरो पहिरोले पुरेको छ ।बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको छ।

यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us