काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षणमा २३ जना र ८६५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जना निको भएका छन् भने हाल देशभर १८८ जना सक्रिय संक्रमित रहेका छन्।
जसमध्ये १८१ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा रहेकाे मन्त्रालयले जनाएकाे छ । याे अवधिमा काेराेनाका कारण कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयकाे भनाइ छ ।