काठमाडौं। पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ। पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ। आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्।
सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत गरेकी छन्। भासिएको सडक मर्मत गर्ने तयारी छ।