आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस

काठमाडौं। आज अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस । संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिए अनुसार हरेक वर्षको जून २६ तारिख अर्थात आजकै दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउदै आइएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा विश्व समुदायलाई लागू औषधको असर र कारोवारबाट मुक्त गराउने उद्देश्यले गृह मन्त्रालयले एक कार्यक्रमको आयोजना गरेको छ। गृह मन्त्रालय लागू औषध दुरुपयोग तथा अवैध ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मुल आयोजक समितिको आयोजनामा लागु औषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आज विहान भृकुटीमण्डपको ग्राउण्डबाट प्रभात फेरि र्‍याली सुरु भएर र उक्त र्‍याली राष्ट्रिय सभागृहमा पुगेर समाप्त भएको छ ।

उक्त कार्यक्रममा गृह सचिव टेक नारायण पाण्डे, काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह , प्रहरी महानिरीक्षक धिरजप्रताब सिंह , सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल , नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त म

Leave a Reply

Your email address will not be published. Required fields are marked *