सुनको मूल्य तोलामा एक सयले वृद्धि

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि हुँदा सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य ९७ हजार ३२ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १२ सय ४५ रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको मूल्य ९७ हजार २ सय, तेजावी सुनको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य १२ सय ४० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *