काठमाडौं। यातायात व्यवस्था विभागले आजैदेखि लागू हुने गरी गाडी भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको हो।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ५.४१ प्रतिशतले भाडा घटाइएको छ। त्यस्तै, ढुवानीका सवारी साधनमा पहाडी रुटमा ६.९७ प्रतिशतले र तराईका रुटमा ७.६८ प्रतिशतले घटेको छ। दुई वा दुई भन्दा बढी प्रदेशमा चल्ने सवारी साधनको भाडा घटाइएको हो।