काठमाडौ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट बेच्न प्रतिबन्ध लगाएको हो।
पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ। यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने नगर प्रहरी प्रमुख सीताराम हाथेछुले बताउनु भयो।
पानीपुरीमा प्रयोग गरिने पानी दूषित र हैजाका जीवाणु मिसिएको हुन सक्ने भएकोले बिक्री वितरणमा रोक लगाउनुपरेको उहाँले बताउनु भयो। ‘पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै विक्री वितरण गर्न दिइन्छ,’हाथेछुले भन्नुभयो।