काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त चारजना मन्त्रीहरुलाई शपथ खुवाउनु भएको छ । शीतल निवासमै राज्यमन्त्रीमा नियुक्त हिराचन्द्र केसीले पनि प्रधानमन्त्री शेरबहादुर देउवाबाट पद तथा गोपनीयताको शपथ लिनु भएको छ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ खाएका हुन । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले शपथ खाएका हुन् । चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।