वामदेव गौतमले आज नयाँ पार्टीको घोषणा गर्ने

काठमाडौं । वामपन्थी नेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्नुहुने भएको छ । उहाँले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नामक नयाँ पार्टीको घोषणा गर्न लाग्नुभएको हो । नयाँ पार्टीमा हाललाई ७० जना केन्द्रीय कमिटी सदस्य रहने बताइएको छ ।

पार्टीको संयोजक गौतम रहनुभएको छ । सचिवमा डिबी कार्की र प्रचार विभागमा नीमकान्त पाण्डे रहनुभएको छ ।

दर्ताको प्रक्रियामा रहेको सो पार्टीलाई साना ४ कम्युनिस्ट पार्टीको समर्थन रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us