खराब मौसमका कारण मंगलबार तारा एअरको दुर्गममा हुने सबै उडान स्थगित

काठमाडौं। अविरल वर्षा र खराब मौसमका कारण मंगलबार तारा एअरको दुर्गममा हुने कुनै पनि उडान हुन सकेका छैनन्। काठमाडौंबाट लुक्ला र फाप्लुमा हुने सम्पुर्ण उडानहरु रद्द गरिएको यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

बर्तौलाका अनुसार नेपालगन्ज तथा सुर्खेतबाट हुने हुम्ला, जुम्ला, डोल्पा, रारा, बाजुरा जस्ता विमानस्थलमा पनि खराब मौसमका कारण उडान भएका छैनन्।द बर्तौलाका अनुसार पोखरा विमानस्थलमा पनि हालसम्म मौसमका कारण कुनै पनि उडानहरु भएका छैनन्। काठमाडौबाट पोखराका लागि आज यति एअरलाइन्सको ६ वटा उडान तालिका छ।

विराटनगरको मौसमका कारण १० बजे पछि मात्र उडान शुरू भएको एअरलाइन्सले जनाएको छ। मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसक्दा उडानहरू प्रभावित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us