काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने जनाइएको छ। आइतबार मात्रै प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर मन्त्रिपरिषद पुनरगठन गर्नुभएको थियो।