विभिन्न देशका शरणार्थीहरुको काठमाडौंमा प्रदर्शन

काठमाडौं। नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरुले आर्थिक, सामाजिक, सांस्कृति लगायतका अधिकारको सुनिश्चितताको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार काठमाडौं स्थित संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि उनीहरुले विभिन्न ११ बुँदे मागसहित विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुको मागको पहिलो बुँदामा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकार सुनिश्चित गर्नुपर्ने रहेको छ । त्यस्तै, नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सत प्रतिशत सहयोग गर्नुपर्ने र शरणार्थी बालबालिकाको अन्य अधिकार पनि सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।

उनीहरुले आफूहरुमाथिको भेदभाव अन्त्य गर्नुपर्ने माग समेत राखेका छन् । त्यस्तै, घर फर्कन चाहनेलाई उचित वातावरण बनाइदिन पनि माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us