बालुवाटारस्थित एक भवनमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रणमा

काठमाडौं। बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको भवनमा लागेको आगो करिब तीन घन्टापछि नियन्त्रणमा आएको छ। चिनियाँ दूतावास अघिल्तिर सुनौलो परिवार नेपाल रहेको भवनमा आज बिहान साढे ६ बजे आगो लागेको थियो ।

काठमाण्डुको बालुवाटारस्थित सुनौलो परिवार कार्यालयको भवनमा रहेको औषधी गोदाममा लागेको आगो नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दमकल प्रयोग गरेर नियन्त्रणमा लिइएको हो । आगो निभाउन नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकर प्रयोग गरिएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिनुभयो ।आगलागी के कारणले भएको भन्ने खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us