काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा सामेल भएका नयाँ मन्त्रीहरुसँग भेटघाट गर्नुभएको छ । बुधबार बिहान अध्यक्ष नेपालले नयाँ मन्त्रीहरुसँग भेटघाट गरी प्रशिक्षण पनि दिनुभएको छ।
पार्टी कार्यालय तीनकुनेमा अध्यक्ष नेपालले नयाँ मन्त्रीहरुलाई मन्त्री भएपछि के गर्ने भन्ने विषयमा ब्रिफिङ गरिरहेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालले मन्त्रीहरुकै कारण सरकारको सफलता निर्भर रहने भन्दै काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको छ ।
गडबन्धनमा आबद्ध दल एकीकृत समाजवादीले यसअघिका ४ मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुलाई पठाएको छ । जसअनुसार शहरी विकासमन्त्रीमा मेटमणी चौधरी, संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम तथा रोजगारमन्त्रीमा शेरबहादुर कुँवर रहनुभएको छ ।