काठमाडौं। लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताउनु भयो । वलीले राजीनामा बुझाएको र अब मन्त्रिपरिषद्को सल्लाहमा मुख्यमन्त्रीले त्यसलाई स्वीकृत गर्ने उहाँले बताउनु भयो ।
जेठ ३१ मा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । यसपछि सरकारले छानबिन गर्न समिति समेत गठन गरेको थियो । छानबिन समितिलाई सघाउन पार्टीको सल्लाह अनुसार उहाँले राजीनामा दिएको प्रमुख सचेतक घर्तीले बताउनु भयो ।
प्रदेश सभा सदस्य पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ९ख० मो उपनिर्वाचनमा उहाँ तत्कालीन नेकपाबाट विजयी हुनु भएको थियो । यद्यपि पार्टी विभाजनपछि उहाँले माओवादी केन्द्र रोज्नुभएको थियो। गत साउनमा माओवादीले उहाँलाई राज्यमन्त्री बनाएको थियो ।