प्रशोधित पिउने पानी मात्र बिक्री गर्न निर्देशन

काठमाडौं। वर्खायाम शुरु भएसंगै उपत्यकामा हैजाका संक्रमित देखिन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पानी उद्योगीहरुलाई प्रशोधित पिउने पानी मात्र बिक्री गर्न निर्देशन दिएको छ ।

विभागले प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमको प्रावधान पूरा नगरी पानी उत्पादन तथा बिक्री वितरण गरेको पाइए कारवाही गर्ने चेतावनीसमेत दिएको छ । साथै, विभागले खाद्य ऐन नियमअनुसार अनुज्ञापत्र लिई नवीकरण अद्यावधिक गराउन सूचित गरेको छ ।

अन्यथा खाद्य ऐन नियमअनुसार कारबाही गरिने चेतावनी विभागले दिएको छ । त्यसैगरी, पानीको बोतल–जारको लेवल सुनिश्चित गरेर मात्र पानी उपभोग गर्न विभागले भनेको छ । बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *