आज नेप्से ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा उक्लिएयो

काठमाडौं। आज सेयर बजार ४१.३९ अंकले बढेर १९६२.७१ बिन्दुमा उक्लिएको छ । दुईदिन ओरालो लागेपछि बुधबार सेयर बजारमा हरियाली देखिएको हो । ठूला तथा र बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.५५ अंकले बढेर ३७९.१५ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २२८ कम्पनीको ४३ लाख ८६ हजार ४३९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४३ करोड १४ लाख ६४१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आज १३ वटै उपसमूहमा हरियाली छाएको छ । यस दिन व्यापार समूहको सेयरमूल्यमा ६.५६ प्रतिशतको उछाल आएको छ । त्यस्तै विकास बैंक, फाइनान्स, हाइड्रोपावर, अन्य समूह लगायत सेक्टरको सेयरमूल्यमा पनि उल्लेख्य वृद्धि देखिन्छ ।

कारोबार आएका कम्पनीहरुमध्ये १८१ कम्पनीको सेयरमूल्य बढेको छ, भने ९ कम्पनीको सेयरमूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ङादी ग्रुप पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ बजारको कारोबार गरेको छ ।

आज आँधीखोला लघुवित्त, र सिवाईसी लघुवित्तको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै, बरुण हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन भेन्चर्स लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । मैलुङ खोला जलविद्युत, लाइफ इन्स्योरेन्स कर्पोरेसन, कृषि विकास बैंक लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *